खेलकुद

ट्राई सिरिज : नेपाल र नेदरल्याण्ड आज खेल्दै , कस्तो होला नेपालको अन्तिम-११

नेपाली भूमिमा पहिलो पटक त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको आयोजना शनिवार देखि सुरु हुँदैछ। नेपालले घरेलु भूमिमा नेदरल्याण्ड र मलेसियासंग टिट्वान्टी सिरिज खेल्दैछ।
नेपालले सिरिजको सुरुवात शनिवार उद्घाटन खेलमा दिउसो १:१५ बजे नेदरल्याण्डसंग खेल्दै गर्नेछ।
आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १५ औं तथा नेदरल्याण्ड १७ औं स्थानमा रहेको छ। ३१ औं वरियतामा रहेको मलेसिया भन्दा वरियतामा र टोलिको हिसाबले नेपाल र नेदरल्याण्ड बीच प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।
प्रतियोगिताको खेलहरु काठमाडौँमा भएका दर्शकहरुले मैदानमै गएर हेर्न सक्छन्। खेल हेर्न दर्शकहरुले १ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ। प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हिमालय टिभीले गर्नेछ। यस्तै युट्युबमा पनि खेलको प्रत्यक्ष प्रशारण हुनेछ।
कस्तो होला नेपालको अन्तिम ११
नेदरल्याण्ड बिरुद्ध नेपालको अन्तिम-११ टिम कस्तो होला भन्ने प्रश्न धेरैको रहेको छ। पारस खड्काको अनुपस्थितिमा नेपालको माथिल्लो क्रममा जिम्मेवारी कसले सम्हाल्ला तथा टिमको समीकरण कस्तो रहला भन्ने कौतुहलता सबैमा रहेको छ।
नेपालले ओपनिंग ब्याटिंगमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिनेछ जसलाई आसिफ शेख या कुशल मल्लले साथ दिन सक्नेछन्। मध्यक्रममा दिपेन्द्र ऐरी, आरिफ शेख, बिनोद भण्डारी रहनेछन्। फास्ट बलिंग अलराउण्डर करन केसी र सोमपाल कामि र डेथ ओभर स्पेसलिस्ट अविनाश बोहराको स्थान पक्का छ। स्पिन पक्षमा लेग स्पिनर सन्दिप लामिछाने र उत्कृस्ट लयमा रहेका देब्रे हाते स्पिनर शाहब आलम अथवा सुशन भारि रहेका छन्। पारस खड्का घाइते हुँदा टिममा भित्रिएका सन्दिप जोराले मौका पाउनको लागि आसिफ शेख बाहिर हुनु पर्नेछ।


सम्भावित ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, बिनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, अविनाश बोहरा, शाहब आलमरसुशन भारि

कस्तो छ नेदरल्याण्ड टिम
अन्तिम पटक नेदरल्याण्डले खेलेको प्रतियोगिता २०१९ टि-२० विश्वकप छनोट प्रतियोगितामा रहेका १४ जना खेलाडी मध्ये ७ जना खेलाडी अहिले टिममा छैनन्। नेदरल्याण्डले युवा खेलाडीहरुलाई टिममा मौका दिएको छ।
भान डर मर्वे, रायन टेन डोस्काटे, कोलिन एंकरम्यान जस्ता अनुभवी खेलाडीहरु बिना नेपाल आएको नेदरल्याण्ड टिमले युवा खेलाडीहरुमा भरोसा देखाएको छ। कप्तान पिटर सिलर, स्कट एडवार्ड्स, टोनी स्टाल, सेबास्टिएन ब्राट जस्ता खेलाडीहरुमा ब्याटिंग जिम्मेवारी रहेको छ। पल भान मिकीरन, भिभिएन किंग्मा जस्ता अनुभवी फास्ट बलरहरु टिमको बलियो आधार हुन्।
नेदरल्याण्ड टिम : पिटर सिलर (कप्तान) टोबीएस भिसे, बेन कुपर, म्याक्स ओ’ डोड, बास डी लिडे, बिक्रमजित सिंह, स्कट एडवार्ड्स, आर्यन दत्त, फिलिपे बोसेभेन, पल भान मिकीरन, भिभिएन किंग्मा, टोनी स्टाल, सेबास्टिएन ब्राट, जुलिएन डे मे

WicketNepal

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page