कोशी प्रदेश समाज

सुनसरीमा डाँका मुद्दाका ५ जना फरार प्रतिबादीहरु पक्राउ

पक्राउ परेका पाँच जना

बिराटनगर , वैशाखा ५ गते । सुनसरीमा डाँका मुद्दाका ५ जना फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु १ की ३६ वर्षीया सृजना चौधरी, ईटहरी १३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मिया र सुनसरी दुहबी ११ का ३० वर्षीय सर्वन उराव रहेका छन् ।
उनीहरुले २०७७ साल फागुन ६ गते सुनसरी बर्जु १ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई यो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page