समाचार

सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा दुई वटा एम्बुलेन्स खरिद

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि एम्बुलेन्स खरिद गरेको हो ।
अग्नी इनकर्पोरेर्टर प्रालीका क्षेत्रिय प्रबन्धक विनय खत्रीले नगर प्रमुख बसन्त कुमार मिश्रलाई महेन्द्रा कम्पनीको दुई वटा एम्बुलेन्सको चावि हस्तान्त्रण गर्नुभएको छ ।

खरिद गरिएको एम्बुलेन्स नगरपालिकाको मातहतमा सञ्चालन हुने नगर प्रमुख मिश्रले बताउनुभयो । उहाँले एम्बुलेन्स खरिदसँगै नगरपालिकाभित्रका बिरामीले राहत पाउने समेत बताउनुभयो ।
हामीले पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई दिएका छौँ , सोही अनुरुप नगरबासीलाई सुविधा होस् भनेर दुई वटा एम्बसलेन्स खरिद गरी ल्याएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले नगरपालिकाले एम्बुलेन्स ल्याउनु भनेको स्वास्थ्य क्षेत्रको लागि उपलब्धि मूलक कार्य रहेको र नगरबासीलाई ठुलो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख मिश्रले कञ्चनरुप नगरपालिका तथा छिमेकि पालिकामा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल समेत खरिद गरिसकेको जानकारी दिनुभयो ।
यस नगरपालिकामा १२ वटा वडा रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page