समाज

सप्तरीमा गर्भपतन मुद्दामा दोषी ठहर भएर फरार रहेका व्यक्ति चार वर्षपछि पक्राउ

सप्तरी । सप्तरीमा गर्भपतन मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–६ दौलतपुरका ६५ वर्षीय फेकु राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधब प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले आज घरबाटै पक्राउ गरेको हो । पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको डिएसपी काफ्लले बताउनुभयो ।
उनी गर्भवतन मुद्दामा २०७३ साल चैत १६ गते सप्तरी जिल्ला अदालतको फैसलाले १ वर्ष १ महिना कैद ठहर गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page