कोशी प्रदेश समाचार

बिराटनगरको कञ्चनबारीबाट लागूऔषध सहित एक पक्राउ

बिराटनगर , बैशाख ७ गते । मोरङको बिराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा धरान ८ का ३२ वर्षीय दिपेन तामाङ रहेका छन।
बिराटनगर ४ कञ्चनबारी स्थितबाट सोमबार दिउसो साढे २ बजे प्रहरीले चेकजाँच गर्ने क्रममा तामाङलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
उनको साथबाट लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल बरामद भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page