स्वास्थ्य

आज एकैदिन थपिए २ हजार ३५१ कोरोना संक्रमित ,थप १० जनाको मृत्यु ,२८७ जना सङ्क्रमित निको

काठमाडौं । नेपालमा आज एकैदिन २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।
आठ हजार ८४४ जनाको आरटी ,पीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका हाल दश हजार ५८२ जना सक्रिय संकमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३११२ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page