समाज

विद्यालय स्तरमा अन्तरपुस्ता शिप हस्तान्तरण कार्यक्रम सम्पन्न

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , १० वैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा कञ्चनपुले जेष्ठ नागरीक अन्तर्गत विद्यालय स्तरमा अन्तरपुस्ता शिप हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार कञ्चनरुप नगरपालिका –१२ रुपनगर स्थित रहेको शंकर माध्यमिक विद्यालयमा विद्यार्थीहरुसँग अन्तरपुस्ता शिप हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोना महामारीका बीच स्वास्थ्य मापदण्डलाई अपनाई कक्षा ९ र १० का करिब ५० जना विद्यार्थीहरुसँग विद्यालयका शिक्षक, सञ्चारकर्मी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवाकान्त चौधरीको अध्यक्षतामा तथा नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेष्ठ निगरिक जिल्ला संघका सचिव बैधनाथ झा, प्रेस सल्लाहकार उत्तम आचार्य , विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद साह, सामाजिक विकास शाखा महिला तथा बालबालिका शाखाकी महिला विकास अधिकृत सुशिला कुमारी चौधरी , अधिकृत भावना घिमिरे , पत्रकार ध्रुवकुमार मण्डल लगायतको उपस्थितिमा भएको कार्यक्रमको सुरुवात मै (अपनेमा वापका दिल ना दुखा) भन्ने चेतनामूलक हिन्दी सृङ्खला देखाइएको थियो । नगर प्रमुख मिश्र सहित सहभागीहरुले विद्यार्थीहरुको माझमै गई गीत सुन्नु भएको थियो ।

भिडियो खोल्नासाथ शान्त देखिएका हलमा भएका विद्यार्थीहरु भावुक भई उनीहरुको आँखा रसाएका थिए । हिन्दी सृङ्खला हेरेपछि प्रतिकृया समेत दिन नसक्ने अवस्थामा रहेका विद्यार्थीहरुले यस्तो घटना अहिले पनि हाम्रो गाउँघर र समाजमा भइरहेको र यसको निवारण गर्न आफूहरु प्रतिबद्ध रहेको कक्षा १० की छात्रा प्रभा केसीले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख बसन्त कुमार मिश्रले जेष्ठ नागरीकको सम्मान उचित स्याहार, माया प्रेम गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो । उहाँले मरेपछि ठुलो भोज गर्नुको साटो जिउँदैमा उचित सम्मान र माया दिन आवश्यक रहेको बताउनुभयो ।
सो कार्यक्रममा जेष्ठ नागरीक मंचका जिल्ला सचिव बैधनाथ झा र अधिवक्ता ध्रुवकुमार मण्डलले सहजीकरण गर्नुभएको थियो भने महिला विकास अधिकृत सुशिला कुमारी चौधरीले स्वागत गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page