राजविराज , ११ बैशाख । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा प्रदेश २ की उपसभामुख उपमा देवले महिलामाथि हुने हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता रहेको बताउनु भएको छ ।
महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आज राजविराजमा सम्पन्न प्रथम पदास्थापन समारोहमा देवले सो कुरा बताउनु भएको हो । उहाँले न्यायपूर्ण शान्तिका लागि सबैखाले विभेद र दण्डहिनता अन्त्य गरी महिलामाथि हुने हिंसा नियन्त्रणको वातावरणका लागि राज्य जवाफदेही बन्दै गएको बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/177013160_3125856171022505_479372388128519128_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/177013160_3125856171022505_479372388128519128_n-1024x473.jpg)
लामो समयसम्म राज्यबाट उपेक्षित समुदायको अधिकारलाई केन्द्रमा राखी सबैको मानव अधिकार सुरक्षित हुनुपर्ने बताउनु हुँदै उहाँले अधिकारको दुरुपयोग गर्न नहुनेतर्फ सचेत समेत गराउनु भयो ।
निर्वाचन समितिका संयोजक मञ्जु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, इन्सेक प्रतिनिधी मनोहर पोखरेल र सञ्जालकी सल्लाहकार करुणा झाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
गत फागुन १२ गते सम्पन्न अधिवेशनले अनीता देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो । जसअनुसार उपाध्यक्षमा सुधा देव, सचिवमा माधवी शाह, सहसचिवमा मनु खनाल र कोषाध्यक्षमा ललीता कर्ण निर्वाचित हुनु भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/IMG_20210424_162130-1-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/IMG_20210424_162130-1-1024x473.jpg)
यसैगरी सदस्यहरुमा मालतीदेबी चौधरी, ज्ञानु भट्टराई, पुनम पोखरेल, सुष्मा गुप्ता, गीता पाण्डे, राजकुमारी साह, साधना कर्ण, बबीता देब, बेबी गुप्ता, कमला खनाल कोइराला, सुनैरदेबी यादव र पार्वती सिंह (प्रिया) रहनु भएको छ । सल्लाहकारहरुमा मञ्जु श्रेष्ठ, मनोहर पोखरेल र करुणा झालाई साधारण सभाले मनोनित गरेको छ ।
सञ्जालकी सचिव माधवी शाहद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुधा देवले राख्नु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/IMG_20210424_160938-1024x472.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/IMG_20210424_160938-1024x472.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment