समाज

सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा निधन

राजविराज । सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।
आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता विहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा आज मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताको श्रीमती, तीन छोरी र एक छोरा छन् भने ५ नाती र ६ नातिनी छन् । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएको थियो । उहाँ हाल द पब्लिक मेमो र सण्डे टाइम्स हिन्दी साप्ताहिकमा संवाददाता तथा पूर्व प्रभात दैनिकमा व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यहरुले बताएका छन् । उहाँको मृत्युको खबरपछि नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेल, पूर्व प्रभात दैनिकका प्रकाशक एव् कार्यकारी सम्पादक बिन्दुकुमार यादव, छिन्नमस्ता साप्ताहिकका प्रकाशक एवम् कार्यकारी सम्पादक कमानन्द माझी घर पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पोखरेल भन्नु हुन्छ्, “म उहाँको निष्ठा र स्वाभिमानीलाई अद्वितीय मान्छु ।“ नेपाल पत्रकार महासंघ सिरहाबाट सदस्यता लिएका मेहताले आर्थिक अभावका कारण सदस्यता नविकरण गर्न सक्नु भएन तर त्यस्का लागि कसैका अगाडि हात फैलाउनु भएन् । प्रेस चौतारी सप्तरीको गत चैत १४ गते गठित जिल्ला कार्यसमितिमा उहाँ सदस्य चयन हुनु भएको थियो ।
उहाँको दाहसस्ंकार गाउँमै सोमबार राति गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page