समाज

जिल्ला बिपद समितिले गरेको निर्णय उल्लंघन गरि लाग्यो बिरेन्द्र बजार

बृजमान तामाङ /
बिरेन्द्र बजार, १४ बैशाख ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजारमा मंगलबार जिल्ला बिपद ब्यबस्थापन समितिको निर्णयलाई उल्लंघन गर्दै बजार लागेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन भिडभाड नगर्न प्रशासनले दिएको निर्देशनलाई चुनौती दिदै ठूलो संख्यामा मानिसहरूको उपस्थितिको साथ बिरेन्द्र बजार लागेको हो ।
जिल्ला बिपद ब्याबस्थापन समितीले अपनाउन भनेका सामान्य स्वास्थ्य मापदण्डको पनि उपस्थित ब्यपारी तथा उपभोक्ताले पालना नगरी बजार लागेको स्थानीयले बताएका छ्न् । व्यापक भिडका साथ माक्सको प्रयोग समेत नगरी भएको ठूलो उपस्तिथिले कोरोना फैलिने जोखिम बढेको एक स्थानीयबासिले बताए ।
कोरोना दैनिक बढिरहेको छ, एक स्थानीयले भने, हाटबजार बन्द गरेर कोरोना विरुद्धको युद्धमा होमिनु पर्नेमा बजारमा ठूलो भिड लागेको छ, उनले थपे, सरोकारवालाहरुलाई कुनै चिन्ता छैन ।

बजारमा सदरमुकाम राजबिराजको साथै भारतीय सिमानाको ब्यापारीहरु समेत आउने गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले हाटबजार, सभा सम्मेलन, पार्टी भोज जस्ता कार्यमा भिड गर्न रोक लगाएको छ । अतिआवश्यक काम बाहेक बहिर ननिस्कन तथा जानुपरे अनिवार्य माक्सको प्रयोग गर्न निर्देशन दिएपनि बिरेन्द्र बजारमा हजारौं मानिस खुल्लेयाम बजारमा किनबेच गरिरहेका थिए ।
बजारको बहानामा ठूलो भिड जम्मा हुदा समेत कुनैपनी निकायले नियन्त्रणमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छ्न । सप्तरीको विभिन्न स्थानीय तहहरुमा बजार लगायतका मानिस उपस्थित क्षेत्रमा निशेधाज्ञा जारी गरेपनी रुपनी गाउपालिका भने कुनै सावधानी अपनाएको छैन ।
रुपनीमा जिल्ला बिपद ब्यबस्थापन समिती सप्तरीको निर्णयलाई पनि कार्यान्वयनमा कुनै चासो नदिदा कोरोना संक्रमणको खतरा बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छ्न् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page