समाज

परीक्षा दिन हिंडेकी कक्षा १० की छात्राको बाटोमा लडेर मृत्यु

काठमाडौं । परीक्षा दिन हिंडेकी कक्षा १० की छात्राको बाटोमा लडेर मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडाकी चन्द्रकला सार्कीको लडेर मृत्यु भएको हो ।
छत्रेश्वरी–१ स्थित भानुभक्त माध्यमिक विद्यालय दमाचौरमा कक्षा १० की चन्द्रकलाको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटोमा सल्ली कुसुममा चिप्लिएर लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी सल्यानले जानाएको छ ।

   

You cannot copy content of this page