कोशी प्रदेश समाज

बिराटनगरबाट पेस्तोल सहित एक जना पक्राउ

बिराटनगर, बैशाख १४ गते । मोरङको बिराटनगर महानगरपालिका ७ बाट पेस्तोल सहित सुनसरीको ईटहरी उपमहानगरपालिका १७ घर भई उक्त स्थानमा आर.एम.टेडर्स हाडवेयर पसलका संचालक २३ वर्षीय सुजित साह पकाउ परेका छन ।
आईतवार राती ८ बजेको समयमा राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो ।
साहको साथबाट एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद भएको छ ।
पक्राउ परेका साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page