सप्तरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
शुक्रवार देखि २४ गते वैशाखसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । शुक्रबार राति १२ बजेदेखि एक सतालाई निषेधाज्ञा हुने भएको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनको निर्देशनलाई उलंघन गर्ने जोकोहीलाई सक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गर्ने प्रजिअ ढकालले चेतावनी दिएका छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/179942497-175644687756771-7049892878129426758-n-791x1024.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/179942497-175644687756771-7049892878129426758-n-791x1024.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/179775324-288461919650853-7523285170637743985-n-791x1024.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/179775324-288461919650853-7523285170637743985-n-791x1024.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment