मधेस प्रदेश समाचार

सप्तरीका एक जना सहित प्रदेश २ मा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीका एक जना सहित प्रदेश २ मा आज १८५ जना पुरुष र ७४ जना महिला गरी २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।
सबभन्दा बढी पर्सामा १४१ जना , धनुषामा ४६ जना , बारा २३ जना, रौतहट १७ जना, महोत्तरी १५ जना, सिरहा ७ जना, सर्लाही ६ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले प्रदेश नंं २ को सप्तरीमा ४४ जना, सिरहामा ३९, धनुषामा २ सय ४९, महोत्तरीमा ६९, सर्लाहीमा १६, रौतहटमा १ सय १६, वारामा २ सय १८ तथा पर्सा जिल्लामा १ हजार १ सय ३३ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page