स्वास्थ्य

कञ्चनरुपमा अक्सिजन सहित ३० बेडको आइसोलेशन तथा कोभिड अस्पताल तयारी अवस्थामा

डम्बर राई – उत्सव आचार्य /

कञ्चनरुप (सप्तरी) , १७ वैशाख । विश्व महामारीको रुपमा फैलिएको भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर नेपालमा पनि द्रुतगतिमा देखा परेकोले यसबाट बच्न सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वास्थ्य सम्बन्धि विभिन्न स्किमहरुको व्यवस्था मिलाउँदै आएको छ ।
सामाजिक दुरी, मास्क प्रयोग गर्न जनहितमा संदेश जारी गर्दै भिडभाडलाई नियन्त्रणमा लिने, शैक्षिक संघ संस्था बन्द राख्ने काम भइसकेका छन् भने हटिया बजार समेतमा विकल्प बनाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले जानकारी दिनुभयो ।
यस्तै उहाँको अनुसार, ३० बेडको आइसोलेशन तयारी अवस्थामा रहेको छ ।
वडा नम्बर १२ स्थित धर्मेश्वर पर्यटकीय क्षेत्र धारापानीमा नगरपालिकाले निर्माण गरेको सामुदायिक भवनमा आइसोलेशन राखिएको छ । प्रत्येक बेडमा अक्सिजन र औषधीको व्यवस्थासंगै आवश्यक कर्मचारी तथा स्वास्थ्यर्मीहरु खटाइएको खडकाले बताउँनु भयो ।
त्यसैगरी संक्रमितहरुको आपतकालिन उपचार सेवाका लागि प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको पश्चिम पट्टि रहेको छुट्टै भवनमा मेडिकल अधिकृतको निगरानिमा ५ बेड क्षमता भएको अक्सिजन सहितको अस्थायि कोभिड अस्पताल संचालनमा ल्याइएको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
सिकिस्त र अतिसिकिस्त बिरामीलाई छुट्टाछुट्टै वार्डको व्यवस्था गरी राखिने छ र डाक्टर सहित स्वास्थ्यकर्मी एवं कर्मचारी रहनेछन् र प्रत्येक हप्तामा फेरबदल गरेर ड्युटी गराइने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताउँनु भयो ।
कोभिड संक्रमित व्यक्तिलाई उपचार सेवा सहज उपलब्ध गराउने उदेश्यले २४ घण्टा एम्बुलेन्स सेवा समेत तयारी अवस्थामा राख्नुका साथै प्रत्येक वडामा दुई जनाको दरले स्वमंसेवक परिचालन गरि संक्रमण प्रतिकार्य तथा निगरानिको व्यवस्था मिलाईएको स्वास्थ्य शाखाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page