स्वास्थ्य

नेपालमा आज थप ३३ जनाको मृत्यु ,५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १५ हजार ३ सय ५१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ५ हजार ६ सय ५७ जना तथा ५ सय २५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७० जना गरी जम्मा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ७९ पुगेको छ ।
हाल नेपालमा ३८ हजार ८ सय १३ सक्रिय सङ्क्रमि रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै ९ वर्षमुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page