समाचार

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा बिहीबार भारतबाट आउँदै गरेको दुई जना सवार स.४प ३४९७ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर भागेपछि प्रहरीले पिछा गर्दै समातेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताउनुभयो ।
बिष्णुपुर गाउँपालिका–७ कनकटा बस्ने २८ बर्षीय अभिमन्यु कुमार र राजविराज नगरपालिका–८ बस्ने ४३ बर्षीय गज्जु दासलाई नियन्त्रणमा लिएपछि लागूऔषध बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page