मधेस प्रदेश स्वास्थ्य

सप्तरीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ७६ पुग्यो

सप्तरी । सप्तरीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा आज शुक्रबार ४९ जनाको पिसिआर परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
राजविराज नगरपालिकाका ३ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, खडग नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज स्रक्रमित हुनेमा राजविराज नगरपालिका वडा नम्वर १ का ६० वर्षीय, २ का १५ वर्षीय, ३ का ३४ वर्षीय, ५ का ४२ र ७० वर्षीय, ७ का ३५ र ४० वर्षीय, वडा नम्वर ८ का २२ र ३१ वर्षीय महिला तथा ४०–४० वर्षीय दुई जना पुरुष, ९ का ६० वर्षीय, १० का २५ र ११ का ४२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै डाक्नेश्वरी नगरपालिका–३ का ४८ वर्षीय र ९ का ३० वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–५ का ३८ र ७ का ३० वर्षीय पुरुष, खडक नगरपालिका–९ का २२ वर्षीय पुरुष, बलान विहुल विहुल गाउँपालिका–१ का ४५ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ५८ वर्षीय र ६० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–६ का ६० वर्षीय पुरुष, राजगढ गाउँपालिका–४ का १९ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–५ का ५१ वर्षीय पुरुष र अग्निसाइर कृष्णासवर गाउँपालिका–१ का ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हिजो मात्रै १० जनाको परीक्षण गर्दा २ जना नर्सिङ स्टाफसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page