स्वास्थ्य

नेपालमा थप ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।
४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभर संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ ।
नेपालमा थप १९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page