कोशी प्रदेश समाचार समाज

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आग्लागी हुँदा १५ करोड बराबरको क्षती

झापा, बैशाख २० गते ।
झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ३ बजेबाट लागेको आगो नियन्त्रणमा ७ वटा दमकल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका थिए ।

सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
उक्त आगोबाट हाल सम्म मानबिय क्षती नभएको सो कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page