समाज

तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवक पक्राउ

राजविराज, २२ बैशाख । सप्तरीमा तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–६ का ३५ वर्षीय दिपक राम रहेका छन् । उनलाई कुटपिट अंगभंग तथा रहजनी चोरी समेत मुद्दाको फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीमाथि अदालतले २ बर्ष कैद र १ लाख १ सय रुपैंयाँ जरिवानाको फैसला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सप्तरी जिल्ला अदालतबाट जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलाशले २०७५ माघ १७ गते उक्त फैसला गरेको थियो ।
राजबिराज नगरपालिका–१२ बिषहरिया बस्ने ४० वर्षीय अशोककुमार यादवले प्रहरीमा दिएको उजुरी सप्तरी जिल्ला अदालतमा ०७२ पुस ६ गते दायर भएको थियो ।
प्रहरी टोलीले रामलाई गाउँघरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमार्फत सजाय भुक्तानका लागि राजविराज कारागार पठाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page