समाचार स्वास्थ्य

सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ९ पुग्यो

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राजविराज स्थित रहेको गजेन्द्र नारायण अस्पतालमा आज ४८ जनाको पीसीआर परीक्षण गर्दा २५ जना संक्रमण देखिएको छ भने कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा एन्टिजिन विधिबाट परीक्षण गरिएकोमा १७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पिसिआर परीक्षणद्वारा राजविराज नगरपालिकाका १३ जना ,कञ्चनरुप नगरपालिका वडा नम्बर २ का ६२ वर्षीया महिला , वडा नम्बर १२ का ६५ वर्षीय पुरुष, बोदे बर्साइन नगरपालिकाका १ जना, महादेवा गाउँपालिकाका १ जना, डाक्नेश्वरी नगरपालिकाका १ जना, तिलाठी कोइलाडी गाउँपालिकाका १ जना , सुरुङ्गा नगरपालिकाका ४ जना, खडक नगरपालिकाका १ जना, रुपनी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा राजविराज–१ का ३२ वर्षीय, वडा नम्बर–२ का ५८ वर्षीय पुरुष, ४९ र ५० वर्षीया महिला, वडा नम्बर–६ का ३१ र ६० वर्षीया महिला, वडा नम्बर–७ का २३, ४८, ६२ र ७४ वर्षीय पुरुष, वडा नम्बर–८ का २८ वर्षीया महिला र ३१ वर्षीय पुरुष तथा वडा नम्बर–१२ का ४२ वर्षीय पुरुष छन् ।
सुरुङ्गा–१ का २४ वर्षीय, वडा नम्बर–४ का ३१ वर्षीय, वडा नम्बर–७ का ५३ वर्षीय पुरुष र उमेर नखुलेकी महिला, कञ्चनरुप–२ की ६२ वर्षीया महिला र वडा नम्बर–१२ का ६५ वर्षीय पुरुष, बोदे बर्साइन–८ का ३५ वर्षीय, डाक्नेश्वरी–६ का ४५ वर्षीय र खडक–३ का ३२ वर्षीय पुरुष संक्रमित भएको झाले बताए ।
यस्तै तिलाठी कोइलाडी–१ का ५९ वर्षीय र महादेवा–६ का ३५ वर्षीय पुरुष तथा रुपनी–४ की ४५ वर्षीया महिला संक्रमित भएकी छिन् ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा एन्टिजिन विधिबाट परीक्षण गरिएकोमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का १९, १९, ४०, ५८, १७, १९, ७५, १५ र ५८ वर्षीय पुरुष र ४०, ३१, ६४ र १७ वर्षीया महिला , वडा नम्बर २ का ९ वर्षीय बालक तथा ५० वर्षीय महिला , वडा नम्बर १२ का ३३ र ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ९ पुगेको छ ।

राजविराजस्थित अस्पतालमा सञ्चालित २५ बेडको आइसोलेशन केन्द्रमा २० जना संक्रमित भर्ना रहेका छन् भने शुक्रबार एक जनालाई बिराटनगर रेफर गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page