स्वास्थ्य

नेपालमा थप ५३ जनाको मृत्यु , ८ हजार ४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।
यो अवधिमा ३,३७० जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै दुई लाख ९८ हजार ७६५ जनाले कोरोना जितेका छन्।
देशभर अहिले ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।
अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page