स्वास्थ्य

सप्तरीमा थप ३५ जनामा सङ्क्रमण भएसँगै सक्रिय संक्रमित सङ्ख्या ३ सय ४४ पुग्यो

सप्तरी , २५ वैशाख । सप्तरीमा शनिबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पिसिआर परीक्षणमा राजविराजमा ५२ जनाको संकलित स्वाबमा २२ जनामा र हनुमाननगर कंकालिनी नगरपालिकामा संकलित ४५ जनाको स्वाबमा १३ जनामा शनिबार संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमित हुनेमा हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर–१ का २८ वर्षीय, वडा नम्बर–३ का ९ र ५० वर्षीय पुरुष, ३४ र ३५ वर्षीया महिला, वडा नम्बर–८ का ६, १५, २२, ४० र ६५ वर्षीय पुरुष तथा १२, ३६ र ४० वर्षीया महिला रहेका छन् ।
यसैगरी राजविराज नगरपालिकाको वडा नम्बर–१ की ४० वर्षीया महिला, वडा नम्बर–३ का ६, २९ र ५५ वर्षीय पुरुष तथा ३, ११, २३ र ५० वर्षीया महिला, वडा नम्बर–५ का ४५ वर्षीय, वडा नम्बर–७ का ३७ वर्षीय र वडा नम्बर–८ का ६५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
त्यस्तै शम्भुनाथ नगरपालिका–२ का ५० वर्षीय पुरुष र ४८ वर्षीया महिला, खडक नगरपालिका–५ का २ वर्षीय, वडा नम्बर–१० का ५६ वर्षीय पुरुष रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताउनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिका–१ का २३ वर्षीय, रुपनी गाउँपालिका–६ का ३० वर्षीय, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का २६ वर्षीय, वडा नम्बर–६ का ३ वर्षीय र तिरहुत गाउँपालिका–४ का उमेर नखुलेका पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै शनिबार राजविराजमा गरिएको परीक्षणमा झापाको कन्काई–१ का ३३ वर्षीय पुरुष र धनुषाको गणेशमान चारनाथ–६ की २८ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page