समाचार

राष्ट्रिय युवा संघ नगर कमिटिद्वारा कोरोना नियन्त्रणका लागि घुम्ती हेल्प डेक्स सञ्चालन

उत्सव आचार्य /
कञ्चनरुप
(सप्तरी) , २७ वैशाख । राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि कञ्चनरुप नगरपालिका सप्तरीले आज सोमबारबाट नयाँ भेरियन्ट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घुम्ती हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।
सडकमा हिँडने मानिस, सञ्चारकर्मी , सुरक्षाकर्मीहरुलाई मास्क , सेनिटाइजर , वितरण गरिएको युवा संघ नगर अध्यक्ष जैनुदिन मियाँले बताउनुभयो ।
कोरोना भाइरसबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उदेश्यका साथ हेल्प डेक्स सञ्चालमा ल्याइएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य मनिष श्रेष्ठले बताउनुभयो ।
सडकमा हिँड्ने मानिसहरुलाई कोरोना भाइरसबाट बच्ने जनचेतनामूलक सन्देशहरु सिकाउँदै नगरको कञ्चनपुर बेरियरमा हेल्प डेक्स सञ्चालन गरिएको र आइतवारका दिन सप्तकोशी नगरपालिका र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा घुम्ती हेल्प डेक्स सञ्चालन गरिएको र मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र तिरहुत गाउँपालिकामा घुम्ती हेल्प डेक्स सञ्चालन गरिने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य सञ्जय पासवानले बताउनुभयो ।

कञ्चनरुप नगरपालिकाको कञ्चनपुर , बलुवा, बरमझिया, रुपनगर, सिमरा लगायत स्थानहरुमा घुम्ती हेल्प डेक्स सञ्चालन गरिने र सप्तरी क्षेत्र नं. १ को सबै ठाउँ चेतनामूलक सन्देशका लागि प्रचारप्रसार र माइकिङ्ग गरिने युवा संघ नेपालका नगर सचिव धर्मेन्द्र थापाले बताउनुभयो ।
सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य लक्ष्मी मण्डल , युवा संघ नेपालका नगर उपाध्यक्ष अजय कुमार पासवान, एमालेका नेता कार्यकर्ता , युवा संघका नगर कमिटि र वडा कमिटिका सदस्यहरुको सहभागिता रहेको ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page