समाचार

सप्तरीमा आज २४ जना महिला सहित ७२ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज २४ जना महिला सहित ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५४ जनाको पिसिआर परिक्षण गरिएकोमा ७२ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ४८ जना पुरुष र २४ जना महिला रहेका छ्न् ।
राजविराज नगरपालिकाका एक बालक , ११ जना पुरुष र ८ जना महिला गरी २० जना , बोदे बर्साइनका एक बालक, १२ जना पुरुष र ४ जना महिला सहित १७ जना, डाक्नेश्वरीका १० जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना, छिन्नमस्ताका ३ जना, तिरहुतका ३ जना, तिलाठीका २ जना, अग्नीसाइरका २ जना, बेल्ही चपेनाका १ जना, कञ्चनरुपका १ जना, महादेवाका १ जना, सप्तकोशीका १ जना, रुपनीका १ जना, शम्भुनाथका १ जना, विषनपुरका १ जना, सुरुङ्गाका १ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सोही प्रयोगशालामा गरिएको परीक्षणमा लहानका १ जना र सिरहाका १ जना संक्रमित रहेका छन् ।
संक्रमित हुनेमा राजविराज नगरपालिका वडा नम्बर ५ का ७ वर्षीय बालक, ४२, ५४ वर्षीय पुरुष , २९, २५, १४, ६० वर्षीया महिला, वडा नम्बर ३ का ५५, ४९ , २५ वर्षीय पुरुष , ६५ वर्षीया महिला, वडा ६ का ५४ र २५ वर्षीय पुरुष, वडा ७ का २८ र ५५ वर्षीया महिला, वडा ८ का २३ वर्षीया महिला, वडा ११ का ३१ र ६१ वर्षीय पुरुष ,बोदे बर्साइन वडा नम्बर ५ का ६ वर्षीय बालक , ३०, २२, २५, ३६, ५५, ५८, २८ वर्षीय पुरुष, ४८, २३, २८ वर्षीया महिला , वडा नं. ४ का २५ र ३३ वर्षीय पुरुष, वडा नं. २ का २५ वर्षीया महिला र ३३ वर्षीय पुरुष, वडा नं. ६ का २० र३१ वर्षीय पुरुष, वडा नं. ३ का ३५ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी डाक्नेश्वरी वडा नं. ३ का ३१, २०, ४२, २०, ४३, ४५ वर्षीया महिला र ३०, १४, २६ वर्षीय पुरुष, वडा नं. ९ का ४३ वर्षीय पुरुष , हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ का ३५ वर्षीय पुरुष, वडा ६ का ४८ वर्षीया महिला, ५० र ४३ वर्षीय पुरुष, छिन्नमस्ता वडा नं. ५ का ५५ वर्षीया महिला, वडा ४ की ८० वर्षीया महिला, वडा ७ का ३२ वर्षीय पुरुष , तिरहुत गाउँपालिका वडा नं. २ का ५३, वडा १ का ४२ र वडा ४ का ४२ वर्षीय पुरुष, तिलाठी कौइलारी गाउँपालिका वडा नं. ४ की १७ वर्षीया महिला, वडा ५ का ५७ वर्षीय पुरुष, अग्नीसाइर कृष्णासवरण वडा नं. १ का ४० र वडा नं. ३ का ४२ वर्षीय पुरुष, बेल्ही चपेनाका ३ का ६२ वर्षीया महिला , कञ्चनरुप १२ का १२ वर्षीय बालक , महादेवा २ का २९ वर्षीय पुरुष , सप्तकोशी ७ की २घ वर्षीया महिला, रुपनीका का ३२ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका वडा १२ का ५१ वर्षीय पुरुष , विषनपुर ७० वर्षीय पुरुष र सुरुङ्गा ५ का ५५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै लहान र सिरहाका २७ र ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page