राष्ट्रिय समाचार

नेपालमा संक्रमितको संख्या ४ लाख नाघ्यो, थप १ सय ३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।
१८ हजार ४ सय ११ नमूनाको परिक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज १ सय ३९ जनाको मृत्यु भएको छ । कोरोना सङ्कट व्यवस्थापन केन्द्र सीसिएमसीको शव व्यवस्थापन तथ्याङ्कको आधारमा सङ्क्रमणबाट मृत्यु भएकाहरूको थप सङ्ख्यासहित १ सय ३९ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ८ सय ५९ पुगेको छ ।
आज ४ हजार ७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page