राष्ट्रिय स्वास्थ्य

कोरोनाका कारण एकै दिन २२५ जनाको मृत्यु, ९ हजार ४ सय बढी संक्रमित

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण अहिले सम्मकै धेरै एकै दिन २२५ जनाको मृत्यु भएको छ । यो नेपालमा एकै दिन मृत्यु हुनेको सबै भन्दा बढी संख्या हो । यो सँगै कुल मृतकको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४० हजार ५९६ पिसिआर र ७२० एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
यसै गरी गत २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page