स्वास्थ्य

सप्तरीमा मंगलबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज । सप्तरीमा मंगलबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ४ सय ९ पुगेको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ७१ जनाको पिसिआर परीक्षण गरिएकोमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता वडा नम्बर ६ की उमेर नखुलेको एक महिला,राजविराज वडा नम्बर १ का ५३ वर्षीय पुरुष, २ की ३४ र ३७ वर्षीया महिला तथा ३, २१, ३९, ६८ वर्षीय पुरुष, ३ का ३३ वर्षीय पुरुष, ४ की ३२ र ५७ वर्षीया महिला र उमेर नखुलेको एक पुरुष, वडा नम्बर ५ की ३१ वर्षीया महिला, ६ की २९,२०,२०, ४० र ४४ वर्षीया महिला तथा १९, ३७, ४१ र ५३ वर्षीय पुरुष , ७ की उमेर नखुलेको एक महिला र उमेर नखुलेको तथा २२, ३७, ४८ र ५३ वर्षीय पुरुष, ८ का २६ र ३४ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, १६ का ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी खडक ८ का ५२ वर्षीय पुरुष, ९ का ३७ वर्षीय पुरुष, विष्णुपुर १ का ४२ वर्षीय पुरुष, तिरहुत ४ की ४२ वर्षीया महिला र १४ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी १४ का ४२ वर्षीय पुरुष, बोदे बरसाईन ४ का ७३ वर्षीय पुरुष, शम्भुनाथ १२ का ६० वर्षीय पुरुष, राजगढ वेल्ही चपेना ४ का ४२ वर्षीय पुरुष, डाकनेश्वरी ९ का ६२ वर्षीय पुरुष र अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
आज ५ जना कोरोना संक्रमणमुक्त भए सँगै निको हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
सप्तरीमा हालसम्म कोरोनाबाट ५१ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page