कोशी प्रदेश समाज

ईलाममा पानी खान जाँदा लडेर ८० वर्षीय बृद्धको मृत्यु

ईलाम, बैशाख २९ गते । ईलाममा पानी खान जाँदा लडेर बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलाम नगरपालिका ११ का ८० वर्षीय गन्जमान खाती रहेका छन्।
उनको मंगलबार दिउँसो २ बजे घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page