समाज

राष्ट्रिय युवा संघको नगर कमिटी पथरीशनिश्चरेद्वारा अक्सिजन सहितको सहायता कक्ष स्थापना

मोरङ । राष्ट्रिय युवा संघको नगर कमिटी पथरीशनिश्चरे मोरङले नगरमा अक्सिजन सहितको कोरोना सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।
कमिटीले १० सिलिण्डर अक्सिजन ग्यास, सेनिटाइजर, मास्क, खानेपानी सहितका सामग्री व्यवस्थापन गरी कोरोना सहायता कक्ष सञ्चालनका लागि आज वडा नम्बर १ मा अवस्थित पथरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपमहासचिव विजय डांगी , केन्द्रीय सचिवालय सदस्य नविन पौडेल र पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कोरोनाको संक्रमणको यस अवस्थामा यसखाले काम ज्यादै सहनीय भएको बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page