समाज

सप्तरीको कञ्चनरुपमा कोरोना संक्रमणबाट एक ६५ वर्षिया महिलाको मृत्यु

कञ्चनरुप , २८ वैशाख । सप्तरीको कञ्चनरुपमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भइसकेको छ ।
होम आइसुलेशनमा बस्दै आएकी कञ्चनरुप नगरपालिका वडा नम्बर ८ की ६५ वर्षिया महिलाको आज साँझ ५ बजे मृत्यु भएको स्वास्थ शाखा कञ्चनरुपले जनाएको छ ।
मृतक महिलामा १० दिन अधि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको परिवारका अन्य पाँच जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page