राष्ट्रिय स्वास्थ्य

नेपालमा थप ८ हजार ९६० जनामा संक्रमण पुष्टि , २ सय १४ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१९ हजार ४७४ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २ सय १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।
अहिले नेपालमा १ लाख ५ हजार दुई सय सात जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page