कोशी प्रदेश समाज

फिदिममा भर्‍याङबाट लडेर एक युवकको मृत्यु

पाँचथर, जेष्ठ १ गते । पाँचथरको फिदिममा भर्‍याङबाट लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ वर्षीय राजु राई रहेका छन ।
राजु आफ्नै घरको भर्‍याङबाट शुक्रबार राती १ बजे अचानक चिप्लेर लडि घाईते भएका थिए । उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page