समाचार

स्वास्थ्य सामाग्री लिएर संक्रमितको घरमा पुगे नगर प्रमुख उत्तम कुमार गौतम

उत्सव आचार्य
कञ्चनरुप (सप्तरी) , १ जेठ ।
सप्तरीको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतम कोरोना संक्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
नगर प्रमुख गौतमको नेतृत्वको टोलिले स्वास्थ्य सामाग्री सहित कोरोनाबाट संक्रमित भएका बिरामीहरुको मनोबल बढाउन र आपतमा परेकाहरुलाई सहयोग उपलब्ध गराउन घरघर मै पुग्न सुरु गरेको हो ।
होम आइसोलेसनमा रहेका कोभिड–१९ संक्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्यागरी नगर प्रमुख गौतमले औषधी वितरण गरेको सप्तकोशी नगरपालिका वडा नं. २ का वडा सदस्य जाहिर हुसैनले बताउनुभयो ।

नगर प्रमुख गौतम, वडा सदस्य हुसेन, फत्तेपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी महेन्द्र झा, राजकुमार दास , फत्तेपुर प्रहरी चौकीका प्रराज चौलागाई सहित संक्रमितको घरमा आज शनिबार पुगेको टोलीले संक्रमितको मनोवल बढाउनका लागि विभिन्न किसिमका परामर्श गर्नुका साथै आवश्यक सहयोगका विषयमा समेत कुराकानी भएको वडा सदस्य हुसेनले जानकारी दिनुभयो ।
वडा सदस्य हुसेनका अनुसार वडा नं. –१, २ र ८ का ११ जना होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई हेल्थ किट वितरण गरिएको छ ।

हेल्थ किट भित्र रु एक हजार मूल्य बराबरको औषधी रहेको स्वास्थ्यकर्मी महेन्द्र झाले बताउनुभयो ।
कोरोना संक्रमितले आफ्नो आँगनमा जनप्रतिनिधि आएको देख्दा धेरै खुशी भएका थिए । जनप्रतिनिधिले ल्याएको सहयोग भन्दा उनीहरुले आँगनमा पाइला टेकेकोले पनि ठुलो सहानुभुति भएको एक संक्रमितले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page