कोशी प्रदेश समाज

५ सय ३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ

झापा, जेष्ठ ३ गते । झापामा ५ सय ३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा गाँउपालिका २ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ वर्षीय प्रताप लिम्बु रहेका छन् ।
झापा गाँउपालिका २ स्थितबाट पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट ५ सय ३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको छ ।
पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page