समाचार

नेपालमा कोरोनाको नयाँ भेरियन्ट, भारतीय भेरिअन्ट भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार एक अपिल प्रकाशित गरी देशका विभिन्न भागबाट संकलन गरिएको ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘डब्ल्युएचओ आईडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक सेक्वेन्सिङ सीएसआईआर इन्च्टीच्युट अफ जिनोमिक एण्ड इन्ग्रिटिभ बायोलोजी, इन्डीया’ मा जिन सिक्विन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशत (३४ वटा) मा नयाँ भेरियन्ट बी १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७१ पुष्टि भएको जनाएको छ।
नेपालमा पनि तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ। भारतीय भेरिअन्टको नामले पनि चिनिने यो भेरिअन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २०२१ मेमा विश्वव्यापी चिन्ताको भेरिअन्ट भनी वर्गीकरण गरेको मन्त्रालयले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page