समाचार

सप्तरीमा भोली बुधबार उपमेयर चौधरीको निधनको शोकमा स्थानीय तह बन्द रहने

कञ्चनरुप (सप्तरी), ४ जेठ । सप्तरीमा भोली सम्पूर्ण स्थानिय तहहरु बन्द हुने भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको आज भएको असामहिक निधन प्रति दुख प्रकट गर्दै जिल्ला भरीका स्थानिय तहहरु भोली ५ गते बुधबार बन्द गर्ने निर्णय भएको हो ।
मंगलबार जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा सबै पालिका प्रमुखहरुको बैठकले जिल्ला भरिका स्थानिय तहका शाखा, उपशाखा र वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले बताउनुभयो ।
उहाँका अनुसार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना समेत प्रकट समेत गरिएको छ ।
चौधरीको कोरोना संक्रमणका कारण आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page