समाचार

सप्तरीमा ६ गते बिहीबार देखि एक सातासम्म बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

कञ्चनरुप (सप्तरी) जेठ ४ गते । सप्तरी जिल्लामा बिहीबार देखि एक साता सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुले दिने सेवाहरु बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आज (मंगलबार) जारी गरिएको सूचना अनुसार जिल्ला भरी सञ्चालित सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुले अत्यावश्यक ,औषधी उपचार, स्वास्थ्य सामाग्री र काजक्रिया आदी बाहेक अन्य बैंकिङ्ग सेवाहरु ६ गते बिहीबार देखि १२ गते बुधबार सम्म एक साता बन्द गरिने भएको छ ।
प्रशासनले बैंक तथा बित्तिय संस्थाले सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सम्बन्धी सूचना जारी गर्न अनुरोध समेत गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page