स्वास्थ्य

कञ्चनपुरमा आज ४ महिला सहित ७ जनामा संक्रमण पुष्टि

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा २१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ महिला सहित ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेमा कञ्चनरुप ५ का १५, २०, ४५, ७२ वर्षीया महिला , वडा नं. ७ का ४२ वर्षीय पुरुष, वडा नं. ८ का ५० वर्षीय पुरुष र वडा नं. ११ का ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सिआइसिटि टिमका संयोजक विकास गुप्ताले जानकारी दिनुभयो ।
यो सँगै कञ्चनरुपमा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ । कञ्चनरुपमा अहिलेसम्म १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page