समाज स्वास्थ्य

कञ्चनरुपका एक सहित सप्तरीमा आज कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु

कञ्चनरुप । कञ्चनरुपका एक सहित सप्तरीमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कञ्चनपुरका २८ वर्षीय पुरुषको आज शुक्रवार बिहान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पताल धरानमा मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जेष्ठ ६ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहका ५८ वर्षीय पुरुषको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा आज मृत्यु भएको छ । सोही अस्पतालमा सप्तरीकै महादेवा गाउँपालिका १ का ७५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुवै जनाको उपचारकै क्रममा आज मृत्यु भएको हो ।
त्यस्तै विराट शिक्षण अस्पताल बिराटनगरमा राजगढ गाउँपालिका १ का ४० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारकै क्रममा बिहीबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै कोरोनाको पहिलो र दोस्रो लहर गरी सप्तरीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page