समाज

कोरोना संक्रमणबाट जसपाका पूर्व जिल्ला उपाध्यक्ष र सदस्यको निधन

बृजमान तामाङ /
बिरेन्द्र बजार, ७ जेठ ।
सप्तरीमा बिहिवार कोरोना संक्रमणबाट जसपाका दुई स्थानीय नेताको निधन भएको छ ।
जसपाका पूर्व जिल्ला उपाध्यक्ष प्रभानन्द मण्डल र पूर्व सदस्य राजेन्द्र प्रसाद यादवको कोरोना संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछी एक साता देखि राजबिराजमा उपचार गराईरहेका उपाध्यक्ष मण्डललाई रोगले च्यापेपछी बिहिबार बिराटनगर उपचारका लागि लैजाने क्रममा बाटैमा निधन भएको स्थानीय समेत रहनु भएका नेपाल पत्रकार महासंघका सप्तरीका पूर्व अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिनुभयो ।
सालीन, भद्र ब्यक्तित्व ५५ वर्षिय मण्डल समाजसेवी हुनुहुन्थ्यो, पत्रकार खड्गाले भन्नुभयो, उहाँको उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पतालमा बेडको ब्यबस्था गरि लैजाने क्रममा बाटैमा बिहान १० बजे निधन भयो । शरिरमा अक्सिजनको मात्र घटेपछि थप उपचारका लागि प्रयास गर्दा गर्दै सफल हुन नसकेको खड्गाले बताउनुभयो ।
यसैगरि जनता समाजवादी पार्टीका पूर्व जिल्ला सदस्य राजेन्द्र प्रसाद यादवको ४० वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको छ ।
सप्तरी राजगढ गाउँपालिका १ घर भएका नेता यादवको उपचारको क्रममा बिराट नर्सिङ्ग होममा बिहिबार साँझ साढे पाँच बजे निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका सचिव चित्तरंजन यादवले जानकारी गराउनुभयो ।
यादव करिव दुईसाता देखि कोरोना संक्रमित भई उपचारत थिए । नेता दुबैजना तत्कालीन समाजबादी फोरम नेपाल सप्तरीका जिल्ला समितीमा हुनुहुन्थ्यो ।

यसैबीच जनता समाजवादी पार्टी नेपाल सप्तरीले एक शोक बक्तब्य जारी गर्दै नेता मण्डल र यादवको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ ।
तत्कालीन संघिय समाजबादी पार्टीका उपाध्यक्ष हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी प्रभानन्द मण्डल र जिल्ला सदस्य राजगढ गाउँपालिका १ झुट्कीका राजेन्द्र प्रसाद यादवको अल्पाआयुमा भएको निधनको खबरले अत्यन्तै मर्माहत भएका छौँ जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवद्वारा जारी शोक बक्तब्यमा भनिएको छ, नेता हरुको निधनले पार्टीमा अपुरणीय क्षती पुगेको शोक बक्तब्यमा अगाडि भनिएको छ जनता समाजबादी पार्टी ले कुशल सहयोद्वाहरु गुमाएको छ ।
बक्तब्यमा स्वर्गीय नेताहरुको दिबंगत आत्माको चिर शान्तिको कामाना गर्दै श्रद्धाञ्जली समेत ब्यक्त गरेको छ । नेताद्वयको दिबंगत आत्माको चिरशान्तिको कामाना गर्दै शोकाकुल परिवारजनमा हार्दिक संदेबना व्यक्त गर्दछौ जसपा सप्तरीद्वारा जारी शोक बक्तब्यमा भनिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page