समाज

सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

कञ्चनरुप (सप्तरी), ७ जेष्ठ । सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिका १२ का मुनिलाल साहको १० वर्षीय छोरो रुपेश साहको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको ।
कुशाहा स्थित रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालक डुबी घाईते भएका थिए । घाइते बालकलाई उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराज ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page