कोशी प्रदेश समाज

भोजपुरमा माछा मार्ने क्रममा नदिले बगाउँदा २४ वर्षीय युवक बेपत्ता

भोजपुर, जेष्ठ ९ गते । भोजपुरमा माछा मार्ने क्रममा नदिले बगाउँदा २४ वर्षीय युवक बेपत्ता भएका छन् ।
भोजपुरको अरुण गाउँपालिका ७ का २४ वर्षीय युवराज अधिकारीलाई अरूण नदिले बगाउँदा बेपत्ता भएका हुन ।
उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९/१० जना साथीहरुसंग शनिवार राती १२ बजे मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाई लगी बेपत्ता पारेको हो ।
प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page