कोशी प्रदेश समाज

झापाको गौरीगञ्जबाट लागूऔषध सहित दुई जना युवक पक्राउ

झापा, जेष्ठ १२ गते । झापाको गौरीगञ्जबाट लागूऔषध सहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंज गाउँपालिका २ लालमाटीका २५ वर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ वर्षीय कमल दाहाल रहेका छन् ।
उनीहरुलाई लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विन एसपासमो २८ ट्याब्लेट र नाइट्रोभेट ३० ट्याब्लेट प्रहरीले फेला पारेको हो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page