समाचार

सप्तरीमा आज थप ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए

कञ्चनरुप, जेठ १४ गते । सप्तरीमा आज थप ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको खडक नगरपालिका १० का ५० वर्षीय पुरुषको कोशी कोभिड अस्पता विराटनगरमा मृत्यु भएको छ । उनको आज उपचारकै क्रममा मृत्यु भएको हो । उनमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका ३ का वर्षीय ३५ वर्षीय पुरुषको झापाको बि.एण्ड.बि हस्पिटलमा मृत्यु भएको छ । उनमा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
हनुमाननगर कंकालिनी नगरपालिका १ का ५० वर्षीय पुरुषको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको छ । उनमा वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै सप्तरीमा कोरोनाको दोस्रो लहरमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

   

You cannot copy content of this page