कोशी प्रदेश समाज

नालीको पानीमा डुबेर ३ वर्षीया नाबालिकाको मृत्यु

संखुवासभा, जेष्ठ १५ गते । संखुवासभाको खाँदबारीमा नालीको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी ३ चिसापानी गुम्बा टोलका सुरेश गुरुङको ३ वर्षीया छोरी एलिसा गुरुङ रहेकी छन् ।
हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनलाई खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page