समाचार

राजविराज कारागारका १२ जना कैदीबन्दीको कदै मिनाह

राजविराज , १६ जेठ । राजविराज कारागारका १२ जना कैदीबन्दीलाई चौधौं गणतन्त्र दिवसको अवसरमा कदै मिनाह गरिएको छ ।
मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट मुलुकभरका कैदी बन्दीहरुलाई कैद मिनाहा गर्ने घोषणा गरिएपछि राजविराज कारागारबाट पनि अनसुाशित १२ जना कैदीबन्दीहरुले कैद भुक्तान मिनाह पाएका हुन् ।
राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका मध्ये सवारी ज्यान मुद्धाका ६ जना, ज्यान मार्ने उद्योग मुद्धाका २, बहुविवाह मुद्दाका २, बालविवाह मुद्धाका १, कर्तव्य ज्यान मुद्दाका १ गरि १२ जनालाई राष्ट्रपतिको आह्वानमा कदै भुक्तान माफि गरिएको राजविराज कारागारका जेलर सुमन कोइरालाले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराज कारागारका १० जनाले कदै भुक्तानमा मिनाहा पाएका जलेर कोइरालाले बताउनुभयो । हरेर वर्ष सरकारले राष्ट्रिय पर्वको अवसरमा अनुशासित एवं इमान्दार कैदीबन्दीहरुलाई कदै भुक्तान मिनाह गर्दै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page