स्वास्थ्य

आज ६ हजार ८९८ जना संक्रमण मुक्त , ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।
१७ हजार १ सय ४७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार २ सय ८५ जना तथा ३ हजार १८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय जना गरी जम्मा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा १ लाख ४ हजार ७ सय ८९ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page