समाचार

सप्तरीमा भोलीदेखि खाद्यान्न पसलहरु ३ घण्टा खुल्ने,बैंक तथा बितिय संस्था स्वास्थ्य मापदण्ड पालना गरी खुला गर्ने

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , १९ जेठ ।
सप्तरीमा भोली देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु ३ घण्टा खुल्ने भएको छ ।
आज (बुधबार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्था केन्द्रको बसेको बैठकले सो निर्णय गरेको हो ।
वैशाख २५ गते राती १२ बजे देखि जिल्लाका शहरी क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिएकोमा हालका केही दिन देखि संक्रमण घट्दो अवस्थामा रहेकोले जेठ १० गते सोमबार देखि बजारमा साँझ ५ बजे देखि बेलुका ७ बजे सम्म अत्यावश्यक खाद्यान्न पसल खोल्ने व्यवस्था गरिएकोमा अब पून १ घण्टा थप गरी दिउसो ४ बजे देखि साँझ ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
उक्त अवधीमा खोलिएका पसलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र पसल संचालन गर्ने तर फूट पाथमा बिक्री गर्ने पसल र हटिया संचालन गर्न नपाइने निर्णय गरेकोले सोही अनुसार गर्न गराउन प्रशासनले सूचना मार्फत जानकारी गराएको छ ।
त्यसैगरी बैंक तथा बित्तिय संस्थाहरु जेठ ०६ गते देखि अत्यावश्यक परेका कारोबार वाहेक सेवा प्रवाह जेठ १९ गते सम्म बन्द गरिएकोमा मिति २०७८।०२।२० गते देखि आइतबार, मङ्गलबार र बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने गरी खुला गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै कृषि सामाग्री मल,बिउ, बिजन जस्ता आपूर्ति गर्ने सरकारी अर्ध सरकारी तथा निजी संस्थाहरुले आलो पालो मिलाई बढी भिडभाड हुन नदिने गरी स्वास्थ्य प्रोटोकल पालना गरेर मात्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।
स्थानीय स्तरमा बितरण गर्दासम्बन्धित स्थानीय तहले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने व्यवस्था मिलाउने, उक्त आलो पालो मिलाएको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने समेत निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page